२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

भाले गैँडा मृत फेला

- विशेष खबर बुधबार १५, पुष २०७७ ०७:०७

भाले गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेन्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।

मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखामा पठाइएको अधिकारीले बताए ।

उक्त गैँडा निकुञ्जको निगरानीमा रहेको जनाइएको छ । यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ गैँडा मरेका छन् ।


#गैंडा

प्रतिकृया दिनुहोस