२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

दोस्रो टेस्टमा भारत ८ विकेट विजयी, शृंखला बराबरी

एजेन्सी मङ्गलबार १४, पुष २०७७ ११:१७

दोस्रो टेस्टमा भारत ८ विकेट विजयी, शृंखला बराबरी

मेलबर्न । भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट मंगलबार ८ विकेटले जितेको छ । यससँगै भारतले चार टेस्टको शृंखलामा १–१ को बराबरी गरेको छ ।

टेस्टको चौथो दिन जितका लागि आफ्नो दोस्रो इनिङ्समा ७० रनको लक्ष्य पाएको भारतले दुई विकेट गुमाएर त्यसलाई प्राप्त गरेको हो ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३५ र कप्तान अजिन्क्य रहानेले २७ रन बनाए । यसअघि अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय रन बनाएर अलआउट भएको थियो । घरेलु टिमले चौथो दिन ६ विकेट गुमाएर १ सय ३३ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९५ रन बनाएयता भारतले त्यसको जवाफमा ३ सय २६ रन जोडेको थियो । अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो टेस्ट जितेपछि भारतले रहानेको कप्तानीमा शृंखलामा उत्कृष्ट पुनरागमन गरेको हो ।


प्रतिकृया दिनुहोस