२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

भारत जिततर्फ अग्रसर, अस्ट्रेलिया दुई रनले मात्र अगाडी

एजेन्सी सोमबार १३, पुष २०७७ ०१:१८

भारत जिततर्फ अग्रसर, अस्ट्रेलिया दुई रनले मात्र अगाडी

मेलबर्न । भारत अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा सोमबार जिततर्फ अग्रसर भएको छ । टेस्टको तेस्रो दिनको समाप्तिमा अस्ट्रेलिया ६ विकेट गुमाएर १ सय ३३ रनको स्थितिमा छ । उसले दुई रनको मात्र अग्रता लिएको छ ।

अस्ट्रेलियाका लागि क्यामरुन ग्रिन १७ र प्याट कमिन्स १५ रनमा खेलिरहेका छन् । भारतीय बलरमध्ये रवीन्द्र जडेजाले दुई विकेट लिएका छन् ।

यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा ३ सय २६ रन बनाएको थियो । अघिल्लो दिन नटआउट रहेका कप्तान अजिन्क्य रहानेले १ सय १२ रन बनाए भने जडेजाले ५७ रनको योगदान गरे ।

अस्ट्रेलियाले भने पहिलो इनिङ्समा १ सय ९५ रन बनाएको थियो । चार टेस्टको शृंखलामा अस्ट्रेलिया १–० ले अगाडि छ ।


प्रतिकृया दिनुहोस