२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा

एजेन्सी शनिबार ११, पुष २०७७ ०४:३०

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा
क्रिकबज

मेलबर्न । नियमित कप्तान विराट कोहली बिना पनि भारतीय टिमले आफ्नो बलियो उपस्थिति देखाउँदै अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो दिन आफूलाई बलियो स्थितिमा पुर्‍याएको छ ।

दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ३६ रन बनाएको छ ।

पाहुना टिमका लागि डेब्यु गरिरहेका शुभमन गिल २८ र चेतेश्वर पुजारा सात रनमा खेलिरहेका छन् । प्रारम्भिक ब्याट्सम्यान मायन्क अग्रवाले भने शून्यमा आउट भए । भारत अझै १ सय ५९ रनले पछाडि छ ।

एडिलेड टेस्टमा बेहोरेको बिर्सनलायक हारपछि कोहली घर फर्केका थिए । उनको स्थानमा अजिन्के रहानेले टिमको नेतृत्व गरिरहेका छन् । मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया १ सय ९५ रन बनाएर अलआउट भएको थियो ।


#अस्ट्रेलिया #भारत

प्रतिकृया दिनुहोस