२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

पाथीभराकाे जंगलमा भीषण आगलागी

- विशेष खबर शनिबार ११, पुष २०७७ ०१:५०

पाथीभराकाे जंगलमा भीषण आगलागी
तस्बिरः सामाजिक सञ्जालबाट

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा डढेलो लागेको छ । फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलमा डढेलो लागेको हो । यो मन्दिरसम्म नै पुग्ने सम्भावना रहेको माथिल्लो फेदीका बासिन्दाले बताए । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो क्षेत्रमा बिहीबारदेखि नै डढेलो लागेको हो । शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले नियन्त्रणमा लिएका थिए । तर शुक्रबार राति फेरि डढेलो सुरु भएको हो ।

चिसोका कारण धेरै होटल तथा लज बन्द भएको र जनशक्ति कम भएका कारण आगो नियन्त्रणका लागि समस्या छ ।

नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट टोली परिचालन भएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारी नविन निरौलाले बताए । हिउँद याम सुरु भएसँगै जंगली क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।


#आगलागी

प्रतिकृया दिनुहोस