२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

कोरोना रोकथाम तथा नियन्त्रण समितिकाे बैठकः आईसीयू रआइसोलेटेड बेड बनाउने निर्णय

- नबिन अवस्थी सोमबार ०३, चैत २०७६ ०८:५९

कोरोना रोकथाम तथा नियन्त्रण समितिकाे बैठकः आईसीयू रआइसोलेटेड बेड बनाउने निर्णय

काठमाडौंं । सरकारको काठमाडौं उपत्यकामा १२० र बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा आईसूयी बेड बनाउने अस्पतालहरु पनि तोकेको छ ।

जसअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०/२० वटा आईसीयू वेड बनाइनेछ ।यस्तै उपत्यका बाहिर १०० आईसीयू बेड बनाउने तयारी गरेकाे छ।

बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको एक अधिकारीले जानकारी दिए । जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००/१०० आइसोलेटेड बेड बनाइनेछ ।

यस्तै भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइनेछ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको पनि स्क्यान गर्ने निर्णय भएको छ ।

भारतसँगको सीमा नाकामा कडाई गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय भएको छ ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस