२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

राउटेलाई प्रतिव्यक्ति मासिक २ हजार भत्ता

- विशेष खबर बुधबार ०८, पुष २०७७ ०९:१७

राउटेलाई प्रतिव्यक्ति मासिक २ हजार भत्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन् ।

प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई दिने निर्णय गरेको हो । घुमन्ते जीवन बिताउने राउटेलाई गुराँस गाउँपालिकाले परिचपयपत्र दिएर उनीहरूको जीवन सहजीकरणको काम गर्दै आएको छ ।

करिब १ सय ५० को संख्यामा रहेका राउटे कर्णालीका सुर्खेत, दैलेख, सल्यानलगायत जिल्लामा घुमन्ते जीवन बिताउँछन् । गत कात्तिकमा राउटे बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भत्ता थप गर्ने घोषणा गरेका थिए ।


#कर्णाली प्रदेश सरकार #राउटे समुदाय

प्रतिकृया दिनुहोस