सोमबार ०३, चैत २०७६ ०१:११
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् ।
गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए । जयलालले जेठी श्रीमतीको मृत्यु भएपछि धनासँग दोस्रो विवाह गरेका थिए ।
अनुसन्धानमा क्रममा जेठी श्रीमतीका छोरा २६ वर्षीय भरत भण्डारीको संग्लनता देखिएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । भरत डडेल्धुराको जोगेनामा बस्दै आएका थिए ।
उनी ३ वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किएका थिए । हत्यापछि उनी भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । पारिवारिक कारणले हत्या भएको प्रहरीको भनाइ छ । बाबुआमाको हत्यापछि सात महिनाकी छोरी घटनास्थलमा बेहोस फेला परेकी थिइन् । छोरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस