२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

काेराना खोप ल्याउने तयारी के छ ?

- विशेष खबर आइतबार ०५, पुष २०७७ १०:१७

काेराना खोप ल्याउने तयारी के छ ?

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी प्राविधिक सुझावका लागि गठन गरेको विज्ञहरू सम्मिलित खोप सल्लाहकार समितिले प्रतिवेदन बुझाइसकेको छ ।

सरकारले ७२ प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य राखी द्रुत कार्ययोजना बनाएर आठ वटा कार्यक्षेत्रमा कार्यदलसमेत बनाइसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

‘कोभ्याक्सको मार्गदर्शनमा आधारित भएर तयार गरिएको स्रोत परिचालन र लक्षित जनसंख्याको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई काम अगाडि बढेको छ,’ उनले भने । औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन अध्यादेशमार्फत संशोधन गरिएको छ ।

कोभ्याक्स सुविधामा खोप प्राप्तिका लागि खोपसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय निकायमा पत्राचारसमेत गरिसकेको डा. गौतमले बताए । ‘ती निकायहरूलाई कोल्डचेन उपकरणका लागि पनि अनुरोध गरिएको छ,’ उनले भने ।

२ देखि ८ डिग्री सेल्सियसमा राख्न सकिने खोप भण्डारण क्षमता १ लाख ९५ हजार लिटर रहेको विभागले जनाएको छ । खोप खरिद गर्न आवश्यक पर्ने रकमको व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


#काेराेना खाेप

प्रतिकृया दिनुहोस