२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

आईएमई नेपाल लिटरचेर फेस्टिभल पुस १४ र १५ गते पोखरामा हुने

- विशेष खबर शनिबार ०४, पुष २०७७ ०७:४६

आईएमई नेपाल लिटरचेर फेस्टिभल पुस १४ र १५ गते पोखरामा हुने

पोखरा । आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ गते भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । 

आयोजक संस्था बुकवर्म फाउन्डेसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिएको हो । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने छ ।

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहने छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव छ ।


#आईएमई नेपाल लिटरचेर फेस्टिभल

प्रतिकृया दिनुहोस