२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

गाेरखामा बस दुर्घटना हुदा २२ जना घाइते

- विशेष खबर बुधबार ०१, पुष २०७७ ०९:४७

गाेरखामा बस दुर्घटना हुदा २२ जना घाइते

गोरखा । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाटका लागी छुटेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।

उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको ढकालले बताए । अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


#सवारी दुर्घटना

प्रतिकृया दिनुहोस