२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

टी ट्वान्टी सिरिजः अस्ट्रेलियाकाे सान्त्वना जित

एजेन्सी मङ्गलबार २३, मङि्सर २०७७ ०६:३१

टी ट्वान्टी सिरिजः अस्ट्रेलियाकाे सान्त्वना जित
तस्बिरः एपी

सिड्नी । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम ट्वान्टी ट्वान्टीमा मंगलबार भारतलाई १२ रनले हराएको छ । घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भारतको पक्षमा २–१ रह्यो ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनायो । त्यसमा म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले ५४ रन जोडे । जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

भारतीय कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन् । पाहुना टिमका अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।


प्रतिकृया दिनुहोस