२०८२ असार १८ गते बुधबार | 2 July, 2025

अबदेखि पेट्राेल पम्प भाडामा लगाउन नपाइने

- विशेष खबर शुक्रबार १९, मङि्सर २०७७ ०६:०५

अबदेखि पेट्राेल पम्प भाडामा लगाउन नपाइने

काठमाडाैं । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि नेपाल अायल निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो ।

निगमले जारी गरेको सूचनामा भनिएको छ, 'पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड)’ मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ । यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावलीबमोजिम आफैँ सञ्चालन गर्न अनुरोध गरिएको छ ।'

निगमले पटक/पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने जनाएको छ । 


प्रतिकृया दिनुहोस