२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने

शुक्रबार ३०, फागुन २०७६ ०५:२४

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री डिस्चार्ज हुने भएका छन ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो रहेकाले डिस्चार्ज गर्न लागिएको जानकारी दिए।

‘‘ प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’’, उनले भने । यसअघि मिर्गाैलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छिन ।

प्रधानमन्त्री ओली यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना भएका थिए। उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


#प्रधानमन्त्री

प्रतिकृया दिनुहोस