२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

पहिलाे वान डे सिरिजमा अस्ट्रेलिया ६६ रनले बिजयी

एजेन्सी शुक्रबार १२, मङि्सर २०७७ ०६:११

पहिलाे वान डे सिरिजमा अस्ट्रेलिया ६६ रनले बिजयी
तस्बिरः अाइसिसि

एजेन्सी । अस्ट्रेलियाले पहिलो वान डेमा शुक्रबार भारतलाई ६६ रनले हराएको छ । यससँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले छ विकेटमा ३ सय ७४ रन बनाएको थियो ।

त्यसमा कप्तान एरोन फिन्चले १ सय १४ र स्टिभ स्मिथले १ सय ५ रन बनाए । जवाफमा भारतले आठ विकेट गुमाएर ३ सय ८ रन मात्र बनाउन सक्यो । भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ९० रन बनाए ।

यस्तै शिखर धवनले ७४ रनको योगदान दिए । अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले ५४ रनमा चार विकेट लिए । यस्तै जोस हेजलउडले ५५ रनमा तीन विकेट लिए । भारतले कमजोर सुरुआत लिएपछि त्यसको मूल्य चुकाउन बाध्य रह्यो ।


#क्रिकेट

प्रतिकृया दिनुहोस