२०८१ बैशाख १९ गते बुधबार | 1 May, 2024

सिरि एः रोनाल्डोकाे २ गाेलमा युभेन्ट्स बिजयी

आइतबार ०७, मङि्सर २०७७ ०९:४३

सिरि एः रोनाल्डोकाे २ गाेलमा युभेन्ट्स बिजयी
तस्बिरः गाेल डटकम

एजेन्सी । इटालियन सिरि ए अन्तर्गत साविक विजेता युभेन्ट्सले क्यागलियारीलाई पराजित गरेको छ। शनिबार भएको खेलमा युभेन्ट्सले २-० गोलको जित हात पारेको हो।

युभेन्ट्सको जितमा दुवै गोल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गरेका थिए। उनले चार मिनेटभित्र दुई गोल गरेका थिए

रोनाल्डोले खेलको ३८ मिनेटमा पहिलो गोल गरे। उनलाई सो गोलका लागि मोराटाले पास उपलब्ध गराएका थिए। ४२ मिनेटमा उनले अग्रता दोब्बर पारे। यसपटक रोनाल्डोले डेमिरलको पासमा गोल गरे।

जारी सिजनमा रोनाल्डोले ८ लिग गोल गरेका छन्। जितसँगै युभेन्ट्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। युभेन्ट्सले ८ खेलबाट १६ अंक जोडेको छ।

शीर्ष स्थानको एसी मिलानको ७ खेलबाट १७ अंक रहेको छ।


#क्रिस्टियानो रोनाल्डो

प्रतिकृया दिनुहोस