२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

ढकाल प्यानलको विजयी यात्रा सुरु,  दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

- विशेष खबर बिहिबार ०४, मङि्सर २०७७ ०७:०६

ढकाल प्यानलको विजयी यात्रा सुरु,  दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । 

ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन । 

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उनि हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुन् ।

विराटनगरका उनको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रुपमा लिएको छ । किनभने मोरङ अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो । 

ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् ।

आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन् ।

त्यस्तै,  उपाध्यक्षका उम्मेदवार ढकाल हालैमात्र निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा गएका थिए । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी त्यहाँ पुगेका थिए । त्यस क्रममा उनीहरुले ढकाललाई समर्थन गर्ने बताएका थिए ।

यहीं मंसिर ११ देखि १३ मा काठमाडौंमा आयोजना हुने महासंघको ५४औ वार्षिक साधारणसभा तथा निर्वाचनमा वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । 


#नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिकृया दिनुहोस