२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

दसैंका लागि आइएमईको भरोसा कोष, कोराेनाबाट विदेशमा मृत्यु भएका आफन्तलाई राहत दिने

मङ्गलबार २७, असोज २०७७ ०९:००

दसैंका लागि आइएमईको भरोसा कोष, कोराेनाबाट विदेशमा मृत्यु भएका आफन्तलाई राहत दिने

काठमाडौं। कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उदेश्यले आइएमईले भरोसा कोष स्थापना गरेको छ।

सन् २०२०को जनवरीदेखि अक्टोबर १६सम्म कोभिडका कारण विदेशमा मृत्यु भएका नेपालीका इच्छुक आफन्तले आवश्यक विवरणसहित आइएमई समूहको केन्द्रीय कार्यालय पानी पोखरी र प्रादेशिक कार्यालयमा कात्तिक मसान्तसम्म आवेदन दिनुपर्नेछ।

कम्पनीका अनुसार रितपूर्वक आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ। यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुने विज्ञप्तिमा उल्लेख छ।

आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेवसाइटहरू मार्फत आह्वान पत्र जारी गरेको छ।

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ । हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ।’ 


प्रतिकृया दिनुहोस