- विशेष खबर बुधबार १४, असोज २०७७ १०:४४
काठमाडौं ।आईएमई ग्रुप अन्तर्गत संचालितआइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र आईएमईमोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ ।
यसै अनुरुपबैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनीअशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डस्ट माेडेलका सम्पूर्ण सवारी साधनखरीद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्धगर्ने सुविधाप्राप्तभएको छ ।
यो सुविधाअशोक लेलैण्डद्वारा निर्मित र आईएमईमोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्यसवारी साधनमापनि बैंकको नीतिनियमभित्र रहीकर्जा प्रवाहगर्ने भएको छ ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस