२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिरमा गर्न गृहकाे अनुमति

- विशेष खबर शुक्रबार ०९, असोज २०७७ ०७:१४

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिरमा गर्न गृहकाे अनुमति
फाइल तस्बिर ।

 काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ ।

स्राेतका अनुसार आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको हाे ।

गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको स्राेतले बतायाे । यससंगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ ।

स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालीन समयमा जारी गरेका मापदण्डलाई पूर्णरुपमा पालना गर्ने र आवश्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिनसम्म गरेर भए पनि चुनाव गरिने भएका छ ।

महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।

कोरोना भाइरसका कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेसन रोकिएको थियो ।


#नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिकृया दिनुहोस