२०८० असोज ०४ गते बिहिबार | 21 September, 2023

२०७६ को मदन पुरस्कार 'महारानी'लाई

- विशेष खबर आइतबार ०४, असोज २०७७ ०४:५२

२०७६ को मदन पुरस्कार 'महारानी'लाई

काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास 'महारानी'लाई प्रदान गरिने भएको छ ।

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

गुठीले पुरस्कारका लागि मनोनित सात पुस्तकको सूची सार्वजनिक गरेको थियो । पुरस्कारको राशी ४ लाख रहेको छ ।

यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली संगीतमा योगदान पुर्‍याएबापत शान्ति ठटाललाई दिने पनि निर्णय गरेको छ ।

गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्‍नयनमा विशिष्ट योगदान पुर्‍याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ । यो पुरस्कार पनि ४ लाख राशीकै हो ।

कोरोना महामारीको कारण उत्पन्न परिस्थितिलाई विचार गर्दै गुठीले पुरस्कार वितरण गर्ने मिति भने पछि सार्वजनिक गरिने जनाएको छ ।


प्रतिकृया दिनुहोस