२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बुधबार ३१, भदौ २०७७ ०९:२२

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर

मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको  चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए । 'खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन,' तामाङले भने, 'हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।' 

निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ । 


#पहिराे

प्रतिकृया दिनुहोस