२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

प्रधानमन्त्री ओलीको अवस्था स्थिर,मिर्गौलाले काम गर्न थालेकाे अस्पतालकाे भनाइ

बुधबार २१, फागुन २०७६ ०४:५१

प्रधानमन्त्री ओलीको अवस्था स्थिर,मिर्गौलाले काम गर्न थालेकाे अस्पतालकाे भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर सो को जानकारी गराएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न  थालिसकेको बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए ।

उनलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् । 

 मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 


#प्रधानमन्त्री ओली

प्रतिकृया दिनुहोस