२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

मङ्गलबार ३०, भदौ २०७७ ०८:५१

दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर आज तीन बालबालिकाको अपराह्न मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका –१० काे उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो ।

 अपराह्न १ बजेतिर भएको घटनामा मृत्यु भएका बालबालिकाकोे शव  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।


#मृत्यु

प्रतिकृया दिनुहोस