२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

लामो दूरीका सवारी,अन्तरिक हवाई उडान र होटल असोज १ गतेबाट खुला

- विशेष खबर मङ्गलबार ३०, भदौ २०७७ ०६:४०

लामो दूरीका सवारी,अन्तरिक हवाई उडान र होटल असोज १ गतेबाट खुला
फाइल तस्बिर ।

काठमाडाैं । सरकारले असोज गतेदेखि लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार  सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ।  

यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए।  

यस्तै सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।


#मन्त्रिपरिषद् बैठक

प्रतिकृया दिनुहोस