२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

प्रधानमन्त्री ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

बुधबार २१, फागुन २०७६ ०३:११

प्रधानमन्त्री ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण
फाइल तस्बीर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

ओलीलाई उनकी भान्जीले मिर्गौला दिएकी थिइन । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


#प्रधानमन्त्री

प्रतिकृया दिनुहोस