२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कोरोना बिमा गरेकाले अब २५  प्रतिशतमात्रै नगद पाउने

मङ्गलबार ३०, भदौ २०७७ ०६:५५

कोरोना बिमा गरेकाले अब २५  प्रतिशतमात्रै नगद पाउने

काठमाडाैं । काेराेना बिमा गरेकाले अब २५ प्रतिशत रकम मात्रै पाउने भएका छन् ।

बिमा समितिले साेमबारदेखि लागू हुनेगरी कोरोना मापदण्ड संशोधन गर्दै कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र अस्पतालमा औषधि उपचारका लागि भएकाे खर्चकाे बिल भर्पाईका बढीमा ७५ प्रतिशतसम्म व्यहाेर्ने भएको हो।

भदौ २८ अघि जारी गरिएका बिमा लेखमा भने पुरानै व्यवस्था लागू हुने छ।  उक्त मितिअघि बिमा गरेकालाई पूरै रकम भुक्तानी हुनेछ।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर एक लाख रुपैयाँको कोरोना बीमा गरेकाले संक्रमण पुष्टि भर्पछि २५ हजार मात्रै पाउनेछन् । ५० हजारका लागि बिमा गरेकाले १२ हजार ५ सय रुपैयाँ मात्रै पाउने छन्।

समितिले पीसीआर पोजेटिभ आउनेवित्तिकै २५ प्रतिशत भुक्तानी दिइने र बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिल बराबरको भुक्तानी दिइने गरी मापदण्ड संशाेधन गरेकाे हाे । संक्रमितले घरमा वा होटलमा बसेको, खाना खाएको खर्चको बिल पनि भुक्तानी नहुने समितिले जनाएको छ।

बिमा गर्नेहरुको संख्या धेरै भएपछि समितिले मापदण्ड संशोधन गरेको हो। समितिका अनुसार हालसम्म करिब ४ सय जनाले काेराेना बिमाकाे भुक्तानी लिएका छन् । १२ सय जतिले क्षतिपूर्तिका लागि दाबी गर्दै बिमा कम्पनीहरुमा निवेदन दिएका छन्। अब संक्रमण देखिएर घरमै बसेकाहरूले भने २५ प्रतिशतमात्रै पाउनेछन् ।

सरकारले लक्षण नदेखिएका संक्रमितलाइ अस्पताल भर्ना नगर्ने जनाएकाे बिमा समितिकाे याे निर्णयले बिमितहरू मारमा पर्ने भएका छन् ।

यसअघि निजी प्रयाेगशालाकाे रिपाेर्टलाइ मान्यता नदिने घाेषणा गरिए पनि फेरि मान्यता दिन सहमत भएका छन् । 

  


#काेराेना

प्रतिकृया दिनुहोस