चार करोड रुपयाँ बराबरकाे सुनसहित भारतीय नागरिक पक्राउ
मङ्गलबार २०, फागुन २०७६ ०६:४६
काठमाडाैं । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा आज बिहान ४ः३० बजे प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताएका छन । सुन कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसमा जाँच गर्दा बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पाट्र्सभित्र जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थाका पक्राउ गरिएको हो ।
बरामद गरिएको सुनको आजको मूल्य करिब रु चार करोड २७ लाख, ५८ हजार ७७४ छ ।
थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।
#बरामद
प्रतिकृया दिनुहोस