२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

[अपडेट] सिन्धुपाल्चोक पहिरोमा नाै शव भेटिए, २२ जना अझै बेपत्ता

आइतबार २८, भदौ २०७७ ०३:२९

[अपडेट] सिन्धुपाल्चोक पहिरोमा नाै शव भेटिए, २२ जना अझै बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ मा दुइ वटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नाै जनाको शव फेला परेको छ ।

२२ जना अझै बेपत्ता छन् । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन् ।

प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार छन् ।

बेपत्ताकाे खाेजी जारी छ । 


#पहिराे

प्रतिकृया दिनुहोस