२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सिन्धुपाल्चोक पहिरो : ७ शव भेटिए, अझै २४ जना बेपत्ता

आइतबार २८, भदौ २०७७ ०१:०४

सिन्धुपाल्चोक पहिरो : ७ शव भेटिए, अझै २४ जना बेपत्ता

सिन्धुपाल्चोक । शनिबार राति बाह्रबिसे नगरपालिका–७ का दुइ वटा बस्ती बगाउने गरी खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म ७ जनाको शव फेला परेको छ ।

२४ जना अझै बेपत्ता छन् । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लेर खसेको पहिरोमा भीरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।

प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा तथा भीरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक छन् ।

बेपत्ता २४ जनाकाे नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।


#पहिराे

प्रतिकृया दिनुहोस