२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव भेटियो, २४ अझै बेपत्ता

आइतबार २८, भदौ २०७७ १०:०७

सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव भेटियो, २४ अझै बेपत्ता

सिन्धुपाल्चाेक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ ।

नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।

नागपुजेमा १५ र भीरखर्कमा नौ गरी २४ जना अझै बेपत्ता छन् । उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।


#पहिराे

प्रतिकृया दिनुहोस