२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

घरबेटीको कुटाइबाट भाडामा बस्नेकाे मृत्यु

शुक्रबार २६, भदौ २०७७ ०५:५७

घरबेटीको कुटाइबाट भाडामा बस्नेकाे मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


#मृत्यु

प्रतिकृया दिनुहोस