२०८१ बैशाख १९ गते बुधबार | 1 May, 2024

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोकाे १०० गोल

बुधबार २४, भदौ २०७७ ०९:२२

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोकाे १०० गोल

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । 

रोनाल्डोले आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो ।

राेनाल्डाे ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

दाइले सन् १९९३–२००६ बीच १ सय ९ गोल गरेका थिए । रोनाल्डोको पछाडि भारतका सुनिल क्षेत्रीको ७२ र अर्जेन्टिनाका लियोनल मेसीको ७० गोल रहेको छ ।

 


#क्रिस्टियानो रोनाल्डो

प्रतिकृया दिनुहोस