२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने पक्राउ

मङ्गलबार २३, भदौ २०७७ ०६:३६

स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने पक्राउ

बैतडी । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका-३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।   

साेमबार बेलुका स्वाब संकलनका लागि गइरहेका बेला बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भूपेन्द्र बोहरा बाटोमै कुटिएका थिए ।

कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। 

भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक चलिरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले बताएका छन् ।

कुटपिटबाट बाेहराको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ । 


#पक्राउ

प्रतिकृया दिनुहोस