२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

म्याच फिक्सिङ प्रकरणः खेलाडीमाथि लगाएको अभियोग पुष्टि नभएको सर्वाेच्चकाे ठहर

सोमबार २२, भदौ २०७७ ०९:२८

म्याच फिक्सिङ प्रकरणः खेलाडीमाथि लगाएको अभियोग पुष्टि नभएको सर्वाेच्चकाे ठहर

काठमाडाैं । म्याच फिक्सिङ गरेकाे आरोप लागेका तत्कालिन राष्ट्रिय फुटवल टाेलिका पुर्ब कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ ।        

न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा  ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख छ ।
'आरोपित कसूरबाट सफाई दिने गरी गरेको विशेष अदालतको फैसला मिलेको छ वा छैन र नेपाल सरकारको पुनरावेदनमा जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने अन्तिम प्रश्नतर्फ हेर्दा संक्षेपमा प्रस्तुत मुद्दामा ती प्रतिवादीले म्याच फिक्सिङको जुन कार्य गरेको भनिएको छ', पूर्णपाठमा भनिएको छ, 'सो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र समस्त नेपालीको भावनासँग जोडिएको विषय हुँदा अत्यन्त गम्भीर छ, तर त्यति हुँदाहुदै पनि सो कार्य राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा वर्णित राष्ट्र विप्लवको कसूर नहुँदा दफा ३.१ आकर्षित हुने कसूर हो भन्ने देखिदैन ।'

विशेष अदालतले २०७५ जेठ २४ गते गरेको फैसलालाई सदर गर्दै खेल मिलेमतोमा नखेलेको ठहर सर्वोच्च अदालतले सार्वजनिक गरेको पूर्णपाठमा छ ।

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा तथा खेलाडी सन्दीप राई, अञ्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री तथा फिजियो डेजिव थापामाथि राज्यविरुद्धको अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी मुद्दा दायर भएको थियो । विशेष अदालतले उनीहरू सबैलाई सफाइ दिएको थियो ।

खेलाडीहरुमाथि सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो।

खेल मिलेमतोको आरोप लागेपछि एसियाली फुटबल महासंघ (एएफसी) तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाँचै जनालाई फुटबलका सबै खेल खेल्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको थियो । तर, अदालतले खेलाडीमाथि लगाएको अभियोग पुष्टि नभएको ठहर गर्दै सफाई दिएको छ ।

 

 


प्रतिकृया दिनुहोस