२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

चितवनमा पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ०९:२८

चितवनमा पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार

चितवन । जिल्लामा पहिलो पटक एक काेराेना संक्रमित महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया संक्रमित महिलामा प्लाज्मा थेरापी गरिएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा संक्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । 

काेराेना संक्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत संकलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ ।

यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ ।


चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताएका छन् । 

उनले अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिए  ।
 


#प्लाज्मा थेरापी

प्रतिकृया दिनुहोस