२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन

- विशेष खबर बुधबार १७, भदौ २०७७ ०६:१०

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न निर्देशन
फाइल तस्बिर ।

काठमाडाैं । सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडाैं आएका १४२  यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका  हुन् ।
 
मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिएकाे पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एयर अरेबियाले १४२ जनाको पिसिआर गरेको, १८ जनाको आरडिटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सोबापतको रकम फिर्ता गराउन मातहतका  निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही समेत गर्न निर्देशन दिए ।

अन्तर्राष्ट्रिय नियमित उडान महंगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्  ।


प्रतिकृया दिनुहोस