- विशेष खबर मङ्गलबार १६, भदौ २०७७ ०८:०६
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
यस्तै, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस