- विशेष खबर सोमबार १५, भदौ २०७७ ०५:४६
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडाैं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हन् ।
मन्त्री भट्टराईले प्रदेशस्तरमा प्रदेश सरकारसंग समन्वय गरी बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिँदै नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनी भाषामा डिजिटल सामग्री तयार गर्न समेत निर्देशन दिए ।
उनले पर्यटन बोर्डका पदाधिकारीलाई कोभिड –१९ को महामारीका समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्वसम्पदा, हिमाल, पदयात्रा, सिमसार, सङ्ग्रहालय, निकुञ्जलगायत भर्चुअल टुरको सामग्री तयार गर्न पनि निर्देशन दिएकाे छ ।
मन्त्री भट्टराईले अहिलेको खोजअनुसन्धान, योजना निर्माण प्रतिवेदन तथा पर्यटकीय क्षेत्रका वृत्तचित्रलगायत सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै कोरोनाका कारण पर्यटन व्यवसायी, पर्यटन मजदूरलगायतमा देखिएका समस्या तथा पलायन रोक्नका लागि मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।
प्रतिकृया दिनुहोस