२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

पीसीआर परिक्षणकाे अधिकतम शुल्क ताेकियाे

- विशेष खबर आइतबार १४, भदौ २०७७ ०३:२३

पीसीआर परिक्षणकाे अधिकतम शुल्क ताेकियाे
फाइल तस्बिर।

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको छ ।

मन्त्रालयमा स्वास्थ मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालय स्राेतका अनुसार अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । 'सबै शुल्क जोडेर अधिकतम ४४०० सय रुपैयाँ हो । त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन,' स्राेतले भन्याे ।

यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

 


#स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस