२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका संक्रमित नुवाकोटमा पक्राउ

- विशेष खबर बुधबार १०, भदौ २०७७ ०१:०७

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका संक्रमित नुवाकोटमा पक्राउ

चितवन । भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट मंगलबार बिहान भागेका एक संक्रमितलाई प्रहरीले फेला पारेको छ । उनलाई बुधबार बिहान नुवाकोटबाट नियन्त्रणमा लिइएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले नुवाकोटको बेलकोट–५ मा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताए । ‘साइकलमा त्यहाँ पुगेको भन्ने जानकारी आएको छ । बुधबार बिहान १० बजेतिर उनी नियन्त्रणमा आएका हुन्,’ उनले भने ।

चोरीको  आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।


#पक्राउ

प्रतिकृया दिनुहोस