२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

बार्सिलोना छाड्ने मेसीकाे औचापरिक निर्णय

बुधबार १०, भदौ २०७७ १०:४२

बार्सिलोना छाड्ने मेसीकाे औचापरिक निर्णय

एजेन्सी । लियोनल मेसीले मंगलबार बार्सिलोना छाड्ने औपचारिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन् । 

अर्जेन्टिनाका ३३ वर्षीय खेलाडीले क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको बताए ।

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने मनसायमा पुगेका थिए ।

६ पटकका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन् ।

बार्सिलोना भने अनुबन्धअनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको मान्छ ।

बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नु पर्ने सर्त रहेको मान्छ ।

मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्दैछ ।


#लियोनल मेसी

प्रतिकृया दिनुहोस