२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

विश्वभरी कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०९:३६

विश्वभरी कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो

एजेन्सी । विश्वभरी २ करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मगंलबार जानकारी दिएको छ ।

डब्लुएचओका अनुसार मगंलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट ८ लाख १७ हजार ३६८ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

संक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस संक्रमित अवस्थामै रहेका उनीहरुको उपचार भइरहेको छ ।  

संक्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओका अनुसार अमेरिकामा ५९ लाख १५ हजार ६३० जनामा कोरोना संक्रमित रहेका छन् । काेराेना संक्रमण कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

 


#विश्व स्वास्थ्य संगठन

प्रतिकृया दिनुहोस