२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०३:१३

उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै

काठमाडौं । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूले जारी निषेधाज्ञा, कोरोना संक्रमणकाे अवस्थाबारे छलफल गर्न बैठक राखेका छन्।

कोरोना महामारी र निषेधाज्ञालगायत सबै विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे सिडिओहरूबीच छलफल हुदै छ ।

बैठकमा तीन जना प्रमुख जिल्ला अधिकारीहरू मात्र सहभागी हुने एक स्राेतले बताएकाे छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बुधबार (भाेली) एक साता पुग्दैछ। निषेधाज्ञालाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल हुनसक्ने बुझिएको छ।


#उपत्यका

प्रतिकृया दिनुहोस