२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

आइसोलेसन तोडफोडमा संलग्न थप ४ पक्राउ

- विशेष खबर सोमबार ०८, भदौ २०७७ ०६:१३

आइसोलेसन तोडफोडमा संलग्न थप ४ पक्राउ

सखुंवासभा । कोरोना संक्रमित राख्न बनाइएको हिमालय किरण क्याम्पसकाे आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् । 

आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए । 

क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेन्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आइसोलेसन सेन्टर तोडफोड गरेको आरोपमा यस अघि हिमालय किरण क्याम्पसका प्रमुख डा मात्रिका तिम्सिनालाई पक्राउ गरिएको थियो । 


#पक्राउ

प्रतिकृया दिनुहोस