२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

विश्वभर काेराेना संक्रमितको संख्या दुई करोड ३१ लाखभन्दा बढी, मृत्यु हुनेको संख्या ८ लाख नाघ्याे

आइतबार ०७, भदौ २०७७ ११:१२

विश्वभर काेराेना संक्रमितको संख्या दुई करोड ३१ लाखभन्दा बढी, मृत्यु हुनेको संख्या ८ लाख नाघ्याे

एजेन्सी । विश्वभर काेराेना भइरस संक्रमितको संख्या दुई करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको छ । यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ४८ लाखभन्दा बढी निको भएका छन् ।

यसैगरि विश्वभर कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ३ हजार ३ सय ९७ पुगेको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार बिहानसम्म ५६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब १९ लाख ८५ हजार रहेको छ ।  

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३५ लाख ८२ हजार संक्रमित भएका छन् भने एक लाख १४ हजारभन्दा बढी मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २९ लाख निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ७५ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ ।

भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब २२ लाख २२ हजार निको भएका छन् ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस