२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

- विशेष खबर शनिबार ०६, भदौ २०७७ १२:३२

माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको पनि गौतमले जानकारी दिए ।


#माधवकुमार नेपाल

प्रतिकृया दिनुहोस