२०८१ कार्तिक ०२ गते शुक्रबार | 18 October, 2024

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

- विशेष खबर शनिबार ०६, भदौ २०७७ ०७:३५

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर

काठमाडाैं । सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्ररबार राति १ बजेतिर इच्छाकामना गाउँपालिका  ५ को ३ नम्बर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम सुरु हुने जनाइएको छ ।

पहिरोले अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।


#पहिराे

प्रतिकृया दिनुहोस