- विशेष खबर शुक्रबार ०५, भदौ २०७७ ०३:२५
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पनि रेमिट्यान्स कम्पनीहरु खुला हुने भएका छन् । निषेधाज्ञाको समयमा पनि रेमिट्यान्सको कारोबार भइराख्ने भएकाले सेवा सुचारु नै राखिने भएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विदेशमा कार्यत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घरव्यवहार चलाउन पनि समसया हुने भएकाले कम्पनीहरुलाई सेवा सूचारु राख्न भनिएको जानकारी दिए ।
सेवा सुचारु गर्दा निश्चित समयका लागि आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट विप्रेषणको भुक्तानी व्यवस्था मिलाउन, सम्भव भएसम्म बैङ्कबाट भुक्तानी हुने वातावरण बनाउन तथा भीडभाड नगरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न समेत भनिएको छ ।
काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु पनि खुला भएका छन् । बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो ।
शुक्रबारदेखि भने बैङ्कका कर्मचारीलाई प्रहरीले आवतजावत गर्न दिएको जनाइएको छ । यो अवस्थामा राष्ट्र बैङ्कले रेमिट्यान्स कम्पनीलाई समेत यस्तो निर्देशन दिएको हो ।
परिपत्रमा रेमिट्यान्स कम्पनीहरुलाई सेवा सुचारु गर्ने सम्बन्धमा स्थानीय प्रशासनसँग नै समन्वय गर्न समेत सुझाइएको छ ।
प्रतिकृया दिनुहोस