२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

नौ किलो चरेससहित बलम्बुबाट एक महिला पक्राउ

शुक्रबार ०५, भदौ २०७७ ०८:५७

नौ किलो चरेससहित बलम्बुबाट एक महिला पक्राउ

काठमाडाैं । प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेससहित थिङलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ । 


#पक्राउ

प्रतिकृया दिनुहोस